विमानस्थलमै पुगेर स्वास्थ्यमन्त्री त्रिपाठीले बुझे कोरोना भाइरस विरुद्धको खोप

कोरोना विरुद्धको खोप टेकुस्थित केन्द्रिय खोप भण्डारण केन्द्रमा राखियो


    • स्वास्थ्य पेज

  • ८ माघ २०७७, बिहीबार

काठमाडौं ८, माघ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी आफै विमानस्थल पुगेर बुझ्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मन्त्री त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले १० लाख डोज खोप हस्तान्तरण गर्नुभएको हो ।

भारतबाट ल्याइएको कोरोना भाइरस विरुद्धको खोप कोभिसिल्ड त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित केन्द्रिय खोप भण्डारण केन्द्रमा लगिएको छ।स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले खोपलाई विग्रन नदिन कोल्डचेनमा राखिएको जानकारी दिनुभयो ।

डा गौतमले उक्त खोपलाई रेफ्रिजेरेटर भ्यानमा राखेर आवश्यकता अनुसार प्रदेशहरुका खोप भण्डारण केन्द्रमा लागिने बताउनुभयो ।उहाँले प्रादेशिक खोप भण्डारण केन्द्रमा पुर्‍याइएका खोपलाई जिल्ला जिल्लामा लगिने जानकारी दिनुभयो।

जिल्ला खोप भण्डारण केन्द्रमा लगिएको खोपहरु रेफ्रिजेरेटर भ्यानमा राखेर पहिलो चरणमा फ्रान्टलाइनमा खटिएका स्वास्थ्यकर्मीका लागि लागइने जानकारी दिनुभयो।

 

 

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech