नेपालमा ९७ दशमलव ९ प्रतिशत कोरोना संक्रमित निको भए

पछिल्लो २४ घन्टमा देशभर ३ सय १८ जनामा कोरोना पुष्टि भएको छ भने ३ सय ८३ जना संक्रमण मुुक्त भएका छन्। कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ ।


    • स्वास्थ्य पेज

  • ७ माघ २०७७, बुधबार

काठमाडौं ७, माघ ।
नेपालमा ९७ दशमलव ९ प्रतिशत कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये २ लाख ६२ हजार ६ सय ४२ जना संक्रमणमुक्त भएका छन्। जुन कुल संक्रमित मध्ये निको हुने ९८ प्रतिशत हो। पछिल्लो २४ घन्टमा देशभर ३ सय १८ जनामा कोरोना पुष्टि भएको छ भने ३ सय ८३ जना संक्रमण मुुक्त भएका छन्।

बुधबार कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट १ हजार ९ सय ७५ जनाको संक्रमणबाट मृत्यु भएको छ। आज देशभर ३ हजार ६ सय ९३ जना संस्थागत आइसोलेसनमा छन्।

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech