७७ वटै जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप दिने सरकारको तयारी

पहिलोपटक ०.५ मिलिलिटर परिमाणमा खोप दिइने छ। कोरोना खोप लगाएपछि ३० मिनेट अवलोकनमा राखिने छ। तर, केही समस्या वा साइड इफेक्ट भए थप उपचारका लागि कहाँ लैजाने, के गर्ने भन्नेबारे सबै तयारी मन्त्रालयले गरेको छ। खोप लगाएपछि केही समस्या भए त्यसपछिको उपचार सरकारले नै गर्ने छ।


    • स्वास्थ्य पेज

  • ७ माघ २०७७, बुधबार

नेपालगन्ज ७, माघ ।
भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराउने १० लाख डोज खोप विहीबार नेपाल आउँदै छ । भारतमा सेरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप प्रयोगमा आएको छ।

भारतले नेपालमा कोभिसिल्ड खोप पठाउँदै छ । नेपालमा पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदय त्रिपाठीले जानकारी दिनुभयो । ‘पहिला प्राथमिकता स्वास्थ्यकर्मी र कोरोनाको फ्रन्टलाइनमा खटिएका व्यक्तिलाई खोप दिइने छ,’ मन्त्री त्रिपाठीले भन्नुभएको छ, ‘ त्यसपछि जोखिमको आधारमा अन्य वर्ग क्रमश दिनेछौं।’ नेपालको कूलको जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने तयारी भइरहेको मन्त्री त्रिपाठीले बताउनुभयो ।

खोप अभियान ७७ जिल्लाबाट एकैसाथ सञ्चालन गर्ने तयारी मन्त्रालयले गरेको छ । जिल्ला अस्पतालमा बुथ राखेर खोप अभियान संचालन गर्ने योजना मन्त्रालयले बनाएको छ । दिनमा एक बुथबाट १ सयजनालाई खोप दिइने योजना मन्त्रालयको छ। त्यसका लागि करिव ८ हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ ।

खोप लगाउन पहिला खोप कार्यक्रममा समावेश भएका स्वास्थ्यकर्मी नै हुनेछन्। र, त्यस्ता स्वास्थ्यकर्मीका लागि जिल्लागत तालिम चलिरहेको छ। सरकारले कोरोना खोप १८ वर्षभन्दा कम उमेर, गर्भवती, स्तनपान गराइरहेका महिला र एलर्जी समस्या भएकालाई दिने छैन। स्वास्थ्यकर्मीका हकमा भने खोप लगाउँदा वा नलगाउँदा हानी हुने विषय हेरेर दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पहिलोपटक ०.५ मिलिलिटर परिमाणमा खोप दिइने छ। कोरोना खोप लगाएपछि ३० मिनेट अवलोकनमा राखिने छ। तर, केही समस्या वा साइड इफेक्ट भए थप उपचारका लागि कहाँ लैजाने, के गर्ने भन्नेबारे सबै तयारी मन्त्रालयले गरेको छ। खोप लगाएपछि केही समस्या भए त्यसपछिको उपचार सरकारले नै गर्ने छ।

तर, मृत्यु भएमा त्यसको जिम्मेवारी भने सरकारको नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । कोरोना खोप स्वेच्छाले लगाउने हो। कसैलाई पनि खोप लगाउन बाध्य नपारिने उहाँको भनाइ छ।

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech