दुर्गमका स्वास्थ्य चौकीमा बेबी रेडियन्ट वार्मर मेशिन जडान

    • स्वास्थ्य पेज

  • ७ माघ २०७७, बुधबार

हुम्ला ७, माघ ।
हुम्ला जिल्लाका दुर्गम स्वास्थ्य चौकीमा स्थापना भएका प्रसुती गृहमा बेबी रेडियन्ट वार्मर मेशिन जडान सुरु भएको छ। चिसो अत्याधिक हुने हुम्लामा जन्मने नबजात शिशुको तापक्रम ब्यबस्थापन गर्न उक्त मेशिन जडान सुरु भएको हो।

सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को डाँडाफया स्वास्थ्य चौकीमा उक्त मेशिन जडान भएको छ। मेशिन जडानसँगै अब नवजात शिशुको तापक्रम ब्यबस्थापन गर्न सहज हुने गाउँपालिकाका स्वास्थ्य संयोजक दान बहादुर बोहराले बताउनुभयो। उक्त गाउँपालिकाको यो तेस्रो स्वास्थ्य चौकीमा मेशिन जडान भएको हो।

यसअघि वडा नम्बर २ को ठेहे र ३ को बरगाँउमा जडान भइसकेको छ। अब चाँडै नै वडा नम्बर ८ को स्याँडामा पनि सो मेशिन जडानको तयारी भई रहेको छ । अव सिमकोटमा जिल्ला अस्पतालमा सहित यस्ता मेशिनको संख्या पाँच वटा पुगेको छ।

यी मेशिनका जडान पछि प्रसुती गृहमा जन्मने नबजात शिशुलाई सिताङ हुनवाट बचाउने, न्यानो राख्ने, कम जन्म तौल भएका बच्चालाई अन्य जटिलताबाट बचाउन सहयोग पुग्ने छ । यसबाट नवजात शिशुको मृत्युदरमा समेत कमी आउने बिस्वास गाउँपालिकाले लिएको छ।

 

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech