थपिए ३४८ काेराेना संक्रमित, ४ जनाकाे मृत्यु

    • स्वास्थ्य पेज

  • ६ माघ २०७७, मंगलवार

काठमाडौं ६, माघ ।
पछिल्लो २४ घण्टामा देशभर ३४८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५६ जनाको पीसीआर परीक्षण भएकोमा ३४८ जनालाई कोरोना पोजेटिभ देखिएको हो । मंगलवार थपिएका संक्रमितमध्ये २१८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

मंगलवार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६२ हजार २५९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४४१ जनाले कोरोना जिते ।

यसैगरी २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९६९ पुगेको छ । मंगलवार सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको रहेको छ ।

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech