नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा पुनः डा सिलवाल निर्वाचित

    • स्वास्थ्य पेज

  • ६ माघ २०७७, मंगलवार

विराटनगर ६, माघ ।

नेपाल चिकित्सक संघ कोशी विराटनगरको अध्यक्ष डा फरवार्ड सिलवाल पुनः निर्वाचित हुनुभएको छ । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको हो । सोमबार राति सार्वजानिक भएको निर्वाचनको मत परिमाणअनुसार सिलवालले प्रतिस्पर्धी डा कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गर्नुभएको छ ।

संघमा श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र एक जना सदस्य गरी तीन जना पदाधिकारीबाहेक सबै पदमा सिलवालको समूह निर्वाचित भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहबाट डा सन्जीवकुमार ठाकुरले ३ सय १८ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी डा नवीन कर्णले ३ सय २ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा डा बालकृष्ण साहलाई २५ मत अन्तरले हराउँदै डा यज्ञराज खरेल निर्वाचित हुनुभयो । खरेलले ३ सय २२ मत प्राप्त गर्दा साहले २ सय ९७ मत ल्याउनुभयो । महासचिवमा डा राजेन्द्र चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले ३ सय ५१ मत ल्याएर विजयी हुनुभयो भने डा रविराज सिंहले २ सय ७५ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा डा सुधीर श्रेष्ठले ३ सय १० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी शिलवन्त सेन श्रीवास्तवले ३ सय ६ मत ल्याउनुभयो । सह-कोषाध्यक्षमा डा जुविन सिलवालले ३ सय ८० मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी डा सरवेस कुमार झाले २ सय ४८ मत प्राप्त गर्नुभयो । सह-सचिवमा सुनिल रेग्मीले ३ सय ६८ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी डा धिरज सिंहले २ सय ५९ मत ल्याउनुभयो ।

सदस्यहरूमा डा रोशन खड्का ३ सय १७, डा अमरकुमार यादव ३ सय २५, डा अरबेन्द्र कुमार महतो ३ सय २५, डा अन्जु देव ३ सय ९३, डा पार्थ गुरागाई ३ सय १८ र प्रेरणा दाहालले ३ सय ५० मत ल्याएर निर्वाचित हुनुभएको छ ।

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech