होमआइसोलेसनमा बसेका संक्रमितको अस्पताल पुर्‍याए लगत्तै मृत्यु

योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।


    • स्वास्थ्य पेज

  • ६ माघ २०७७, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज ६, माघ ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका – १ धम्बोजीका ४९ बर्षका पुरुषको उपचारका क्रममा भेरी अस्पतालमामा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि पुस २७ गते नेपालगन्ज मेडिकल कलेजमा उनले कोरोना परिक्षणका लागि स्वाब दिएका थिए । २८ गते रिपोर्ट पोजेटिभ आयो ।

कोरोना पुस्टिपछि उनी होम आइसोलेसनमा बसेका थिए । तर अबस्था गम्भीर बनेपछि आज बिहान उनलाई भेरी हस्पिटल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको बताइएको छ ।

योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech