कोहलपुरका मेयर रावतसहित परिवारका अन्य सदस्यहरुमा पनि भाइरस संक्रमण

    • स्वास्थ्य पेज

  • ५ माघ २०७७, सोमबार

नेपालगन्ज ५, माघ ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतलाई कोरोना भाइरस संक्रमण भएको छ । एक हप्ता अघिदेखि अस्वस्थ रावतले कोरोना आशंकामा आइतवार स्वाव दिनुभएको थियो ।

सोमबार रिपोर्ट पोजेटिभ आयो । उहाँलाई सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएको छ ।

अहिले आफ्नो अवस्था सामान्य रहेको जानकारी दिदै उहाँले घरमै स्वास्थ्यलाभ गरिरहेको बताउनुभयो । मेयर रावतसँगै उहाँकी धर्मपत्नी, छोराबुहारी समेतलाई भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेमा भाइरस संक्रमणको चपेटामा जनप्रतिनिधिहरु पनि धेरै परेका छन् ।

  • ५ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech