भारतमा कोरोना विरुद्धको खोपबाट ४४७ जनामा साइड इफेक्ट

    • स्वास्थ्य पेज

  • ५ माघ २०७७, सोमबार

नयाँदिल्ली ५, माघ ।

भारतमा कोरोना विरुद्धको खोपबाट ४ सय ४७ जनामा ‘साइड इफेक्ट’ देखिएको भारतीय संचारमाध्यमहरुले समाचार प्रकाशन गरेका छन्। भारतीय स्वास्थ्य मन्त्रालयलाई हवला दिदै संचारमाध्यमहरुले भनेका योक्रम अझै बढ्न सक्छ ।

भारतमा १६ जनवरी देखि खोप सुरु हो । स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले अधिकांश केसमा यसको प्रतिकुल प्रभाव सामान्य स्तरको रहेको बताउनुभयो ।

भ्याक्सिनबाट देखिएको ‘साइड इफेक्ट’को बारेमा जानकारी दिदै उहाँले प्राय मानिसमा हल्का ज्वरो, टाउँको दुख्ने र जिउ दुख्ने खालका साइड इफेक्ट देखिएको बताउनुभयो।

खोप लगाइएको ३ जनालाई भने अस्पतालमै भर्ना गरिएको छ। ‘ भारतले ‘कोभिसिल्ड’ र ‘कोभाक्सिन’लाई स्वीकृती दिएको थियो।

  • ५ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech