ब्राजिलमा कोरोना भाइरसविरुद्धको खोप सुरु

    • स्वास्थ्य पेज

  • ५ माघ २०७७, सोमबार

एजेन्सी –
कोरोना भाइरसको महामारीबाट बढि प्रभावित भएको मध्ये एक ब्राजिलमा खोप अभियान सुरु भएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने नर्सलाई खोपको पहिलो डोज दिएर खोप अभियान थालिएको हो । ब्राजिलको नियामक निकाय एनविजाले दुई खोपलाई आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

ब्राजिलले अक्सफोर्ड–एस्ट्राजेनेका र चीनले बनाएको सिनोभाक खोपलाई स्वीकृति प्रदान गरेको हो ।ब्राजिलका सबै २७ राज्यमा खोप अभियान आइतबारदेखि सुरु भएको हो ।

दक्षिण अमेरिकी देशहरुमा खोप अभियान यसअघि नै सुरु भइसकेको छ । कोरोना भाइरसका कारण ब्राजिलमा अमेरिकापछि सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको छ ।

कोभिड–१९ ले अहिलेसम्म दुई लाख ९ हजार ८ सय भन्दा बढि ब्राजिलियनको ज्यान गएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या ८४ लाख ८८ हजार भन्दा बढि छ ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफू संक्रमित भए पनि कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा लिनुभएम । महामारीको दोस्रो लहर चलेपछि उहाँ  पछिल्लो समय आलोचनाको केन्द्रमा हुनुहुन्छ ।

  • ५ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech