बाँकेमा थप ६ जनामा संक्रमण, संक्रमित संख्या ४,५५५ पुग्यो

    • स्वास्थ्य पेज

  • ४ माघ २०७७, आईतवार

नेपालगन्ज ४, माघ ।
नेपालगन्ज र कोहलपुरका विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा बाँकेका ६ सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका पुष्टि हुनेमा २ महिला र ४ पुरुष रहेका छन ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना र बागेश्वरी ल्याबमा १ जनामा कोरोना पुष्टि भएको छ । योसंगै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ हजार ५ सय ५५ पुगेको छ । अहिले ९५ जना संक्रमितहरु उपचारमा रहेका छन ।

बाँकेमा कोरोना संक्रमण रोगको प्रकोप दर प्रति सयमा ०.७६ प्रतिशत रहेको छ । त्यसैगरि बाँकेका बिभिन्न प्रयोगशालामा गरिएको अन्य जिल्लाका ३ जनामा पनि कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा सबै महिला रहेको केन्द्रले जनाएको छ ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech