शल्यक्रिया गर्दा महिलाको मृत्यु भएपछि क्लिनिक तोडफोड

    • स्वास्थ्य पेज

  • ४ माघ २०७७, आईतवार

विराटनगर ४, माघ ।
पित्त थैलीको शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि मृतकको आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड गरेका छन् ।

बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र स्थानीयले आइतबार क्लिनिकमा तोडफोड गरेका हुन् ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझेका छैनन् । क्लिनिकमा पित्तथैलीमा भएको पथरी झिक्न शल्यक्रिया गरेकी महिलाको उपचारको क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

अवधनारायण मेमोरियल क्लिनिकले शल्यक्रिया गर्दा लापरबाही गरेको उनीहरुको आरोप छ ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech