नेपालमा अझै तीन महिनासम्म कोभिड विरुद्धको खोप नआउने

    • स्वास्थ्य पेज

  • ४ माघ २०७७, आईतवार

काठमाडौं ४, माघ ।
नेपालमा अझै तीन महिनासम्म कोभिड विरुद्धको खोप नआउने भएको छ । कोभ्याक्स फ्यासिलिटीले चैत बैशाखसम्मा मात्रै कोभिड विरुद्दको खोप नेपाल पठाउने बताएपछि भ्याक्निस आउने समय लम्बिएको हो । कोभ्याक्सले गतसाता स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी बैशाखभित्रमा खोप पठाउने जानकारी दिएको हो।

कोभ्याक्स कोभिड खोप सबै धनी गरिब देशले बराबर रुपमा पाउनुपर्छ भन्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफ लगायतका संस्था मिलेर बनेको एलाइन्स हो।कोभ्याक्सले नेपाललाई २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निशुल्क उपलब्ध गराउने प्रतिवद्दता गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्सले कुन खोप पठाउने छ भन्नेबारे खुलाएको छैन। तर त्यसका लागि तयारी पुरा गर्न कोभ्याक्सले पत्र पठाएको छ।

भारतमा शनिबारदेखि कोभिड खोप लगाउन सुरु भइसकेको छ। यस्तो अवस्थमा नेपालमा खोप कहिलेसम्म आइपुग्छ, कुन खोप आउँछ भन्ने चर्चा बढेको छ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech