चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति डा सिपी मास्केको निधन

नेपालका पायनियर युरो सर्जन डा मास्के नेपालमा युरो सर्जरीको सुरुवात गर्नेमध्येमा पर्नुहुन्छ ।


    • स्वास्थ्य पेज

  • ४ माघ २०७७, आईतवार

काठमाडौं ४, माघ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति डा सिपी मास्केको निधन भएको छ। कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत डा मास्केको बिहान निधन भएको उहाँका छोरा डा सन्देश मास्केले पुष्टि गर्नुभएको छ । उहाँका अनुसार डा मास्के मुटु तथा मिर्गौलाका रोगी समेत हुनुहुन्थ्यो ।

नेपालका पायनियर युरो सर्जन डा मास्के नेपालमा युरो सर्जरीको सुरुवात गर्नेमध्येमा पर्नुहुन्छ । तेह्रथुमको साविकको जलजला गाविसमा सन् १९९८ सालमा जन्मिएका डा मास्के शिक्षण अस्पताल महाराजगञ्जको निर्देशक समेत हुनुभएको थियो । नेपालमा मात्रै होइन, बंगलादेश र भुटानमा समेत पुगेर उहाँले सेवा दिनुभएको छ ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech