विश्वभर कोभिड संक्रमितको संख्या ९ करोड २५ लाख बढी

    • स्वास्थ्य पेज

  • ४ माघ २०७७, आईतवार

तस्विरः फाइल

काठमाडौं ४, माघ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या ९ करोड २५ लाख नाघेको छ ।

गएको २४ घण्टामा ६ लाख ८८ हजार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कुल संक्रमित संख्या ९ करोड २५ लाख ६ हजार ८११ पुगेको छ ।

गएको २४ घण्टामा विश्वभर कोभिड संक्रमित १४ हजार ७१८ जनाले ज्यान गुमाएका छन् ।

योसँगै कोरोना संक्रमणका कारण हालसम्म २० लाख १ हजार ७७३ जनाको मृत्यु भएको स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech