कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा उपलब्ध गराइने

    • स्वास्थ्य पेज

  • ४ माघ २०७७, आईतवार

बाजुरा ४, माघ ।

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा उपलब्ध गराइने भएको छ। गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुढीनन्दा नगरपालिकाबीच सम्झौता भएको हो।

कोल्टी क्षेत्रका जनतालाई विशषेज्ञ सेवा उपलध गराउने सहमतीसहित दुवै निकायबीच सम्झौता गरिएको हो। जसका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्ले र बुढीनन्दा नगरपालिका नगरप्रमुख पदम कुमार गिरीबीच लिखित सम्झौता गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने र प्राविधिक तथा आर्थिक श्रोत साधनको व्यवस्थापन बुढीनन्दा नगरपालिकाले गर्ने सहमति भएको नगर प्रमुख पदम कुमार गिरीले बताउनुभयो।

कोल्टीक्षेत्रका चार वटा स्थानीय तहसँगै हुम्ला, जुम्ला, मुगु र कालिकोटका बिरामी समेत उक्त स्वास्थ्य केन्द्रमा पुग्ने गर्छन् ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech