नेपालमा कोरोना विरुद्धको भ्याक्सिन आपूर्तिबारे छलफल

    • स्वास्थ्य पेज

  • ३ माघ २०७७, शनिबार

काठमाडौं ३, माघ ।

नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा कोरोनाविरुद्धको भ्याक्सिन नेपाल ल्याउने विषयमा छलफल भएको छ ।

तीन दिने भारत भ्रमण सकेर नेपाल फर्कनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा भ्याक्सिन आपूर्तिबारे छलफल भएको बताउनुभएको हो ।

कोरोना विरुद्धको खोप सहयोग गर्ने राष्ट्रमा नेपाल प्राथमिकतामा रहेको भारतले स्पष्ट गरेको उहाँले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले भारत भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech