काठमाडौं ३, माघ ।
नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा कोरोनाविरुद्धको भ्याक्सिन नेपाल ल्याउने विषयमा छलफल भएको छ ।
तीन दिने भारत भ्रमण सकेर नेपाल फर्कनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा भ्याक्सिन आपूर्तिबारे छलफल भएको बताउनुभएको हो ।
कोरोना विरुद्धको खोप सहयोग गर्ने राष्ट्रमा नेपाल प्राथमिकतामा रहेको भारतले स्पष्ट गरेको उहाँले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले भारत भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।