नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु,मृतक संख्या १९५४ पुग्यो

    • स्वास्थ्य पेज

  • ३ माघ २०७७, शनिबार

तस्विरः फाइल

काठमाडौं ३, माघ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा २ सय ४० संक्रमीत थपिएका छ्न ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech