शनिबार २४० जना कोरोना संक्रमित थपिए, ४७७ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ३ माघ २०७७, शनिबार

काठमाडौं ३, माघ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप २४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३ हजार ८४४ जनाको नमुना परीक्षण गर्दा २४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

गएको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट निको भएर ४७७ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९५४ पुगेको छ ।

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech