पिएसजीका प्रशिक्षक पोकेतिनो कोरोना भाइरसबाट संक्रमित

    • स्वास्थ्य पेज

  • ३ माघ २०७७, शनिबार

एजेन्सी
फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसिओ पोकेतिनो कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ ।

संक्रमण पुष्टि भएसँगै आइसोलेशनमा गएका पोकेतिनोले लिगमा अबका दुई खेल गुमाउनु हुने भएको छ ।

४८ वर्षका पोकेतिनो जनवरीको सुरुमा पिएसजीको प्रशिक्षक बन्नुभएको थियो । त्यसअघि उहाँ टोटनह्यामको प्रशिक्षक हुनुहुन्थ्यो ।

कोरोना भाइरसको संक्रमण मुक्त नहुन्जेल पोकेतिनोको स्थानमा उहाँका सहयोगीहरुले जिम्मेवारी सम्हाल्ने छन् ।

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech