विश्वभर कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो

    • स्वास्थ्य पेज

  • ३ माघ २०७७, शनिबार

काठमाडौ ३, माघ ।
कोरोना भाइरसकोबाट संक्रमित भइ विश्वभर मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर अहिलेसम्म कोभिड-१९ का कारण २० लाख ६ हजार पाँच सय भन्दा धेरैको ज्यान गएको छ ।

विश्वभर संक्रमितको संख्या ९ करोड ३७ लाख ५१ हजार पाँच सय पुगेको छ ।महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या दुई करोड ३४ लाख ९१ हजार भन्दा धेरै पुग्दा तीन लाख ९१ हजार पाँच सय भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।

भारतमा संक्रमितको संख्या एक करोड पाँच लाख २७ हजार भन्दा बढि र मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ९ सय भन्दा धेरै छ । कोभिड–१९ बाट ब्राजिलमा दुई लाख ८ हजार, रुसमा ६३ हजार पाँच सय, बेलायतमा ८७ हजार चार सय, फ्रान्समा ७० हजार, टर्कीमा २३ हजार ६ सय, इटालीमा ८१ हजार तीन सय, स्पेनमा ५३ हजार तीन सय, जर्मनीमा ४५ हजार सात सय, कोलम्बियामा ४७ हजार ८ सय, अर्जेन्टिनामा ४५ हजार दुई सय, मेक्सिकोमा एक लाख ३७ हजार ९ सय तथा पोल्याण्डमा ३२ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech