कोभिड-१९ र मानसिक स्वास्थ्य : यस्ता छन् व्यवस्थापनका उपायहरु

अहिलेको समयमा मानिसहरुमा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या देखिने र महसुस हुने गरेको पाइएको छ । कोभिडका कारण नयाँ खालका मानसिक रोगी देखा परेको छ । जस्तै बारम्बार डर लाग्ने, जुनसुकै बेला आत्तिने, भोक र निद्रामा गडबडी हुने, डरलाग्दा सपना देख्ने र निद्रामा कराउने जस्ता समस्या देखिएका छन ।


    • समिरमान श्रेष्ठ/रिदम गौतम

  • ३ माघ २०७७, शनिबार

नेपालगन्ज ३, माघ ।
कोभिड–१९ भाइरसले निम्त्याएको विश्वव्यापी महामारीका कारण आम जनजीवन सहज र सामान्य अझैपनि बन्न सकिरहेको छैन । नेपालमा अहिलेसम्म १ हजार ९ सय ४८ जना व्यक्तिहरु कोरोना भाइरसबाट मृत्यु भएको छ भने करिव २ लाख ६७ हजार संक्रमित बनिसकेका छन् ।

नयाँ भाइरस भएकोले यसविरुद्धको एन्टिभाइरल एवम् भ्याक्सिनको अनुसन्धान र विकासमा विश्वभरका सम्बन्धित विज्ञहरु जुटिरहेका भए पनि हालसम्म यस्तो अनुसन्धानले पूर्णता पाउनसकेको छैन । पछिल्लो समय त झन नयाँ स्वरुपको भाइरस ा संक्रमणले फेरी विश्व हल्लाइरहेको छ । ‘कोरोना’, ‘कोभिड’, ‘भाइरस’ ‘संक्रमण’ ‘महामारी’ जस्ता केही शब्दहरु नै अहिले मानिसहरुलाई मानसिक तनाव नै दिइसकेको छ ।

संक्रमण पुष्टि भएका बिरामीहरु कोरोना विरुद्धको लडाइँमा मानसिक रुपमा कमजोर देखिने गरेका चिकित्सकहरु बताउँछन् । त्यतीमात्र होइन त्यसले घरपरिवार र छरछिमेकलाई समेत भय र त्रास सिर्जना गरिरहेको छ । कोभिडका कारण मानसिक रोगीको संख्या अहिले बढीरहेको भेरी अस्पताल नेपालगन्जका मानसिक रोग विशेषज्ञ डा सुमन अर्याल बताउँनुहुन्छ । ठिक भएका मानसिक रोगीहरुमा पनि कोभिडकै कारण समस्या बल्झिएको पाइएको छ ।

अप्रत्यासित महामारीका समयमा मानव शरीरमा तनाव उत्पन्न गर्ने हर्मोन (स्ट्रेस हर्मोन) हावी हुन थाल्ने चिकित्सकहरु बताउँछन् । यो हर्मोनका कारण विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्या निम्तिनुका साथै रक्तचाप बढ्ने, अत्याधिक चिन्ता लाग्ने, निद्रा नपर्ने तथा हृदयघात हुनेलगायत शरीरका विभिन्न भागमा असर देखापर्ने सम्मका स्वास्थ्य समस्याहरु देखिन सक्ने चिकित्सकहरुको भनाइ छ । मानसिक स्वास्थ्य समस्या यस किसिमको महामारीको ‘साइड इफेक्ट’ कै रुपमा देखिने गरेको छ ।

देखिने समस्या र लक्षणहरु
अहिलेको समयमा मानिसहरुमा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या देखिने र महसुस हुने गरेको पाइएको छ । कोभिडका कारण नयाँ खालका मानसिक रोगी देखा परेको छ । जस्तै बारम्बार डर लाग्ने, जुनसुकै बेला आत्तिने, भोक र निद्रामा गडबडी हुने, डरलाग्दा सपना देख्ने र निद्रामा कराउने जस्ता समस्या देखिएका छन ।

यस्तै निराशापन हुने, एक्लै बस्न मन लाग्ने, थकान महसुस हुने, नकरात्क सोचहरु आउने आदि समस्याहरु भोग्नुपरिरहेको डा अर्याल बताउँनुहुन्छ । यतिमात्र हैन, मन चिन्तित एवम् बेचैन भई जीवन बेकार भएजस्तो लाग्ने र आत्महत्या नै गरौंकि जस्तो लाग्ने सम्मका भावनाहरु पनि आउनसक्छन् ।

व्यवस्थापनका उपायहरु
मानसिक रोगको व्यवस्थापनका लागि स्वयम व्यक्तिदेखि परिवार, साथीभाइ र वातावरणको प्रभाव महत्वपूर्ण हुन्छ । सकेसम्म मानसिक समस्या आउँन दिनै हुन्न् । महामारीको सम्भावित असरबाट आफू र घरपरिवारलाई सुरक्षित राख्नसक्नु नै मानसिक तनाव घटाउने र हटाउने उत्तम उपाय हो । आफूमा आत्मविश्वास जागृत गर्नु ठूलो उपलब्धी मानिन्छ ।

महामारीको यस घडीमा उत्पन्न परिस्थितिसँग आफूलाई अनुकुलित गराउँदै धैर्यता र आत्मविश्वासले मानसिक रुपमा बलियो रहन धेरै मद्धत पु¥याउन सक्छ । आफूलाई बारम्बार झस्काइरहने र मनमा निरन्तर दोहोरिरहने महामारीजन्य पीडाका भावनाहरुलाई मनमा गुम्स्याएर नराखी आफ्ना घरपरिवार, साथीभाइ, समुदाय आदिसँग व्यक्त गर्नाले पनि मानसिक रुपमा राहत महसुस हुन्छ ।

सकेसम्म ध्यान, योगा, व्यायाम जस्ता आफू बसेकै स्थानमा गर्नसकिने केही कसरतका साथै शारीरिक परिश्रम र मानसिक रुपमा पनि यथोचित आराम लिन जरुरी हुन्छ । रचानात्क कार्यमा बढी समय दिनु राम्रो हुन्छ ।

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech