कोरोना संक्रमित नेपालगन्ज-१ का ८० वर्षिय महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २ माघ २०७७, शुक्रबार

तस्विरः फाइल

 

नेपालगन्ज २, माघ ।
भेरी अस्पताल नेपालगन्जमा थप एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीका ८० वर्षिय संक्रमित महिलाको गएराती ११:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि पुष २६ गते नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

२७ पुषमा कोभिड पुष्टि भएपछि भेरी अस्पतालमा रिफर भई भेरीको आइसोलेसन वार्डमा उहाँको उपचार सुरु गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको बिहिबार राती मृत्यु भएको जिल्लाका कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेका ४९ जनाले ज्यान गुमाएका छन् ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech