वार्षिक उत्सवको अवसरमा यशोदाको निशुल्क बिरामी जाँच र परामर्श

    • स्वास्थ्य पेज

  • २ माघ २०७७, शुक्रबार

नेपालगन्ज २, माघ ।
तेस्रो वर्ष प्रवेशको उपलक्ष्यमा नेपालगन्जमा रहेको यशोदा फार्मेसी तथा यशोदा स्वास्थ्य क्लिनीकले माघ महिनाको दोस्रो शनिबार, तेस्रो शुक्रबार र शनिबार र चौथो शनिबार विशेषज्ञ चिकित्सक परामर्श सेवा निशुल्क गर्ने जनाएको छ ।

क्लिनीकका सन्चालक सुर्यबहादुर केसीका अनुसार संस्थाको वार्षिक उत्सवको अवसरमा माघको १० गते भेरी अस्पतालमा कार्यरत फिजिसियन तथा अस्पतालका डाइलाइसिस विभाग प्रमुख डा.पारश श्रेष्ठले निशुल्क बिरामी जाँच तथा परामर्श प्रदान गर्नुहुनेछ । त्यसदिन बिरामीको सुगर जाँच निशुल्क गरिने साथै मृगौलाका अन्य जाँचमा भारी छुट दिईने सन्चालक केसीले बताउनुभयो ।

त्यस्तै माघ १६ र १७ गते काठमाडौं स्थित ॐ अस्पतालमा कार्यरत थाइराईड, सुगर तथा हार्मोन विशेषज्ञ डा.बजरंग कुमार रौनियारले बिरामीको निशुल्क जाँच तथा परामर्श प्रदान गर्नुहुनेछ ।

१६ र १७ माघमै मुटुरोग विशेषज्ञ आनन्द खनालले निशुल्क जाचँ र परामर्श प्रदान गर्नुहुनेछ । सन्चालक केसीका अनुसार माघ २४ गते अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा कार्यरत नशा रोग विशेषज्ञ डा.अभिनाश चन्द्रले निशुल्क बिरामी जाँच तथा परामर्श प्रदान गर्नुहुनेछ ।

सन्चालक केसीले सम्पुर्ण बिरामीहरुलाई निशुल्क परामर्श लिई मौकाको फाइदा उठाउन आग्रह समेत गर्नुभएको छ ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech