कर्णाली प्रदेशमा हालसम्म ७४५३ जनामा कोरोना संक्रमण पुष्टि, ७१५९ निको भए

    • स्वास्थ्य पेज

  • १ माघ २०७७, बिहीबार

सुर्खेत १, माघ ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४३ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ७ हजार ४५३ पुगेको छ । गएको २४ घण्टामा कोभिड पुष्टि हुनेहरुमा सुर्खेतका ३ जना र सल्यानका ३ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर ९ जना कोरोना संक्रम्ण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेहरुको कुल संख्या ७ हजार १५९ पुगेको छ ।

प्रदेशभर कोरोना भाइरस संक्रमणका कारण हालसम्म २८ जनाले ज्यान गुमाएका छन् ।

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech