देशभर कोरोना संक्रमित १५२ जना आईसियु र ३३ जना भेन्टीलेटरमा स्वास्थ्य लाभ गर्दै

    • स्वास्थ्य पेज

  • १ माघ २०७७, बिहीबार

तस्बिर:फाइल

काठमाडौं १, माघ ।

कोरोना भाइरस संक्रमित १५२ जना आईसियु र ३३ जना भेन्टीलेटरमा उपचारमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार दिउसो २ बजेसम्म देशभर १ हजार १२४ जना संस्थागत आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

मन्त्रालयको तथ्यांकमा उल्लेख भएअनुसार सबैभन्दा बढी आईसियुमा बागमती र गण्डकी प्रदेशमा ५३-५३ जना उपचारमा छन् । त्यस्तै भेन्टीलेटरमा सबैभन्दा बढी बागमती प्रदेशमै १८ जना स्वास्थ्य लाभ गरिरहेका छन् ।

प्रदेश १ मा १ जना, गण्डकीमा ६ जना, लुम्बिनीमा ७ जना र सुदुरपश्चिम प्रदेशमा १ जना मात्र भेन्टीलेटरमा रहेको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा आईसियुमा ४० जना र प्रदेश १, कर्णाली सुदुरपश्चिम प्रदेशमा २-२ जना आईसियुमा स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा संस्थागत आइसोलेसन, आईसियु र भेन्टीलेटरमा संक्रमित संख्या शुन्य रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech