बिहिबार ४०३ जना कोरोना संक्रमित थपिए, ४०५ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १ माघ २०७७, बिहीबार

काठमाडौं १, माघ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१ जना महिला र २४२ जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

गएको २४ घण्टामा ४०५ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । अब देशभर कोरोनाबाट निकोहुनेहरुको कुल संख्या २ लाख ६० हजार १७७ पुगेको छ ।

४ हजार ४२६ जना कोरोना पुष्टि भएका सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै देशभर कोभिड संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९४३ पुगेको छ ।

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech