स्नातक तहको स्वमूल्यांकन फारम भर्ने म्याद चिकित्सा शिक्षा आयोगद्वारा माघ ५ गतेसम्मलाई थप

    • स्वास्थ्य पेज

  • १ माघ २०७७, बिहीबार

काठमाडौं १, माघ ।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न विधामा स्नातक तहको अध्यापन गर्ने शिक्षण संस्थाको सिट निर्धारण र प्रत्यायन सम्बन्धि कार्यका लागि अनलाइन स्वमूल्यांकन फारम भर्ने म्याद पुष २६ गतेसम्म भएकोमा विविध कारण त्यसलाई बढाएर माघ ५ गते बेलुका ५ बजेसम्मलाई थप गरेको जनाएको छ।

आयोगले केही शिक्षण संस्थाहरुले फारम भर्नुपर्ने जानकारी नभएको, फारम गर्न कठिनाई भएको, विवरण्ण सम्पादन गर्नुपर्ने कारण सहित म्याद थप गर्न लिखित निवेदन दिएको भन्दै म्याद थप गरेको एक सूचना जारी गर्दै जनाएको हो ।

चिकित्सा शिक्षा आयोगद्वारा जारी सूचना

 

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech