विश्वभर कोरोना भाइरस संक्रमित संख्या ९ करोड बढी

    • स्वास्थ्य पेज

  • १ माघ २०७७, बिहीबार

काठमाडौं १, माघ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ९ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ९३ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको संगठनको तथ्यांकमा उल्लेख छ । योसँगै कोरोना संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ९ करोड ३ लाख ३५ हजार ८ पुगेको हो ।

कोरोना संक्रमणका कारण गएको २४ घण्टामा विश्वभर १२ हजार २९५ जनाको मृत्यु भएको छ । योसँगै कोभिडका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १९ लाख ५४ हजार ३३६ पुगेको छ ।

अमेरीका, बाज्रिल, भारत, बेलायत लगायतका देश कोरोना भाइरस संक्रमणका कारण बढी प्रभावित छन् ।

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech