नेकपा बाँकेका इन्चार्ज दिनेश चन्द्र यादवको निधन

    • स्वास्थ्य पेज

  • १ माघ २०७७, बिहीबार

नेपालगन्ज १, माघ ।
नेकपा बाँकेका इन्चार्ज दिनेशचन्द्र यादवको निधन भएको छ । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ यादवको गएराती निधन भएको हो ।

१२ पुषमा यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उहाँलाई भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसको एक दिन अघि नै उहाँ भेरीमा भर्ना हुनुभएको थियो ।

उहाँलाई १३ पुषमा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंको ग्राण्डी लगिएको थियो । यादव मधुमेहका विरामी हुनुहुन्थ्यो ।

यादवको यसअघि वाइपास सर्जरी गरिएकाले यही उपचार गर्दा थप जटिलता आउन सक्ने पूर्व आंकलन गरेर भेरीले सुविधा सम्पन्न अस्पतालमा रिफर गरेको थियो ।

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech