१९२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २९ पुष २०७७, बुधबार

तस्बिर:फाइल

काठमाडौं २९, पुष ।

देशभर हाल १९२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १५७ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा एकजना आइसियु र एकजना जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ५५ आइसियु र २० भेन्टिलेटरमा, गण्डकीमा ६२ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३५ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा २ जना आइसियुमा र एकजना भेन्टिलेटरमा छन् ।  सूदुरपश्चिम प्रदेशमा २ आइसियुमा र २ जना भेन्टिलेटरमा छन्। हाल देशभर४ हजार ४०८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech