विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या ९ करोड नजिक

    • स्वास्थ्य पेज

  • २९ पुष २०७७, बुधबार

काठमाडौं २९, पुष ।

विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ८ करोड ९७ लाख ७ हजार ११५ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार गएको २४ घण्टामा मात्र ५ लाख ६६ हजार १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी गएको २४ घण्टामा अमेरीकामा २ लाख २० हजार ५२८ जनामा संक्रमण पुष्टि भएको संगठनको तथ्यांकमा उल्लेख छ ।भारतमा १२ हजार ५८४ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणका कारण गएको २४ घण्टामा ९ हजार ३७१ जनाले ज्यान गुमाएसँगै हालसम्म विश्वभर कोभिडका कारण ज्यान गुमाउनेको कुल संख्या १९ लाख ४० हजार ३५२ पुगेको छ ।

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech