पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाम संक्रमित ९ हजार बढीको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ पुष २०७७, बुधबार

तस्विरः फाइल

काठमाडौं २९, पुष ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर करिब ९ हजार बढी कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

संगठनको तथ्यांक अनुसार ९ हजार ३७१ जनाले गएको २४ घण्टामा कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै विश्वभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १९ लाख ४० हजार ३५२ पुगेको छ ।

गएको २४ घण्टामा सबैभन्दा अमेरीकामा २ हजार ७१ जना कोरोना संक्रमितको मृत्यु भएको संगठनको तथ्यांकमा छ । अमेरीकामा मात्र हालसम्म कोभिडका कारण ३ लाख ७१ हजार ३७५ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ३२७ पुगेको छ । बा्रजिलमा गएको २४ घण्टामा ४६९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

हालसम्म विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ८ करोड ९७ लाख ७ हजार ११५ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech