पछिल्लो २४ घण्टामा देशभर ४३० जनामा कोरोना संक्रमण पुष्टि, ३९० जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २८ पुष २०७७, मंगलवार

काठमाडौं २८, पुष ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा मात्र देशभर ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १७७ जना महिला र २५३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।

कोरोना संक्रमण मुक्त भई निको हने दर नेपालमा ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभर ४ हजार ४०८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएका सक्रिय संक्रमित रहेका छन् ।

गएको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।योसँगै कोरोना संक्रमणका कारण देशभर ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९३२ पुगेको छ ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech