कोरोना खोपका लागि ५२ हजार स्वयंसेविको परिचालनको तयारी

    • स्वास्थ्य पेज

  • २८ पुष २०७७, मंगलवार

काठमाडौं २८, पुष ।
कोरोना खोपको कार्यक्रममा ५२ हजार महिला स्वयंसविकालाई परिचालन स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ।

नेपालमा खोप आएको सात दिनभित्र खोप कार्यक्रम सञ्चालन गर्नमा तयारी भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले बताउनुभयो ।

त्यसका लागि १६ हजार खोपकेन्द्र सञ्चालन गरिने छ । उहाँले खोप भण्डार गर्नेको लागि स्रोत—साधन पुग्दो अवस्थामा रहेको बताउनुभयो ।

खोप आयात गर्नको लागि विभिन्न देशमा कुटनीति नोट पठाइसेको र राजनैतिक पहलकदमी अगाडी बढेको पनि उहाँले बताउनुभयो।
सरकार प्राथमिकता साथ पारदर्शि ढंगले सरकार–सरकार बीचको प्रक्रियालाई अगाडी बढाउने त्रिपाटीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech