कोरोना भाइरस संक्रमणका कारण विश्वभर १९ लाख ३० हजार बढीले ज्यान गुमाए

    • स्वास्थ्य पेज

  • २८ पुष २०७७, मंगलवार

तस्विरः फाइल

काठमाडौं २८, पुष ।
विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वभर १९ लाख ३० हजार बढीले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमित १९ लाख ३० हजार २६५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा मात्र ११ हजार ६१ संक्रमितले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी अमेरीकामा ३ लाख ६९ हजार बढीले कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन् । छिमेकी देश भारतमा १ लाख ५१ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार ८ करोड ९० लाख ४८ हजार ३४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा मात्र ६ लाख ६० हजार ९९३ जनामा कोभिड पुष्टि भएको छ ।

अमेरीका, भारत, बाज्रिल लगायतका देश कोभिडका कारण बढी प्रभावित छन् ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech