नेकपा बाँकेका इन्चार्ज दिनेश चन्द्र यादवको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार चल्दै

    • स्वास्थ्य पेज

  • २७ पुष २०७७, सोमबार

नेपालगन्ज २७, पुष ।

नेकपा बाँकेका इन्चार्ज दिनेशचन्द्र यादवको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ यादवको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको नेकपा बाँकेका सहइन्चार्ज हारुन कादरीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

१२ पुषमा यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उहाँलाई भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसको एक दिन अघि नै उहाँ भेरीमा भर्ना हुनुभएको थियो ।

उहाँलाई १३ पुषमा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंको ग्राण्डी लगिएको थियो । यादव मधुमेहका विरामी हुनुहुन्छ ।

यादवको यसअघि वाइपास सर्जरी गरिएकाले यही उपचार गर्दा थप जटिलता आउन सक्ने पूर्व आंकलन गरेर भेरीले सुविधा सम्पन्न अस्पतालमा रिफर गरेको बरिष्ठ सर्जन डा श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech