विपन्न जेष्ठ नागरिक तथा सुत्केरीलाई कम्मल

    • स्वास्थ्य पेज

  • २७ पुष २०७७, सोमबार

बर्दिया २७, पुष ।
जिल्ला विपद व्यवस्थापन समितिले बर्दिया अस्पताललाई ५० थान कम्मल उपलब्ध गराएको छ । शितलहर तथा चिसोबाट प्रभावित विपन्न जेष्ठ नागरिक तथा सुत्केरीलाई लक्षित गरी उक्त कम्मल बर्दिया अस्पताललाई उपलब्ध गराइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो ।

विपन्न जेष्ठ तथा सुत्केरीलाई केही हदसम्म सहयोग पुगोस् भन्ने हेतुले जिल्ला विपद व्यवस्थापन समितिले कम्मल दिने निर्णय गरेको समितिका संयोजक समेत रहनु भएका उहाँले बताउनुभयो ।

सोमवार एक कार्यक्रमको आयोजनागरी जिल्ला समन्वय समितिका संयोजक शंकर थारुले बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुभाष पाण्डेलाई समितिले उपलब्ध गराएको कम्मल हस्तान्तरण गर्नुभएको छ ।

 

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech