भेरी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २७ पुष २०७७, सोमबार

तस्विर : फाइल

नेपालगन्ज २७, पुष ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । भाइरस संक्रमणबाट घोराही उपमहानगरपालिका-२ दाङका ३९ वर्षीय युवकको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका सूचना अधिकारी तेज वलीले जानकारी दिनुभयो ।

पुष २२ गते संक्रमण पुष्टि भएका उनको आज मध्यान्ह १२ः १० मा उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ८४ जना संक्रमितहरुको मृत्यु भएको छ ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech