स्वास्थ्य मन्त्रालयद्धारा केन्द्रिय अस्पताल र विभागका ५ निर्देशकको जिम्मेवारी हेरफेर

    • स्वास्थ्य पेज

  • २७ पुष २०७७, सोमबार

काठमाडौं २७, पुष ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलय अन्तगर्त विभाग र अस्पतालका ५ निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गरि ५ निर्देशकको जिम्मेवारी हेरफेर गर्नुभएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कान्ति बाल अस्पतालको निर्देशक डा कृष्ण पौडेललाई ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने कान्तिको निर्देशकको जिम्मेवारी डा आरपी बिच्छालाई दिइएको छ ।

ईडिसिडिको निर्देशकको जिम्मेवारी पाउनुभएका डा पौडेलले जिम्मेवारी हेरफेर नियमित प्रक्रिया भएको बताउदै केहीबेरमा ईडिसिडि कार्यालयमा उपस्थित हुने जानकारी दिनुभयो ।

यसैगरी ईडिसीडीका निर्देशक डा बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ भने स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा डा मदन उपाध्यायलाई पठाइएको छ । डा रमेश खरेललाई विभाग अन्तरगर्त रहने गरी जिम्मेवारी तोकिएको छ ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech