कर्मचारीमा कोरोना देखिएपछि सिटिजन बैैंक सिल

तीमध्ये पुरुष कर्मचारीको अवस्था गम्भीर छ । उनलाई हेलिकप्टरमार्फत जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ ।


    • स्वास्थ्य पेज

  • २७ पुष २०७७, सोमबार

हुम्ला २७, पुष ।
कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि हुम्ला सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ ।

बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैंक सिल गरिएको हो।

शनिबार दुईजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ।

एक महिला र एक पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिन आज सोमवारसम्मका लागि बैंक सिल गरिएको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिनुभयो । तीमध्ये पुरुष कर्मचारीको अवस्था गम्भीर छ । उनलाई हेलिकप्टरमार्फत जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ ।

जिल्लामा सङ्क्रमित कर्मचारीको उपचार सम्भव नभएपछि उद्धारका लागि हेलिकप्टर मागको लागि पहल भइरहेको बताइएको छ ।

 

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech