भेरी अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु

बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ८३ संक्रमितको मृत्यु भएको छ ।


    • स्वास्थ्य पेज

  • २७ पुष २०७७, सोमबार

तस्विर: फाइल

नेपालगन्ज २७, पुष ।
सुर्खेतका कोरोना भाइरस संक्रमित पुरुषको सोमवार मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिक- १३ सुर्खेतका ५५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा नेपालगन्जमा मृत्यु भएको हो ।

जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रका सूचना अधिकारी तेज वलीका अनुसार संक्रमण पुष्टि भएपछि ती पुरुष १९ पुष १९ गते कोभिड आइसोलेसन वार्डमा भर्ना भएका थिए ।

उनलाई त्यसको अघिल्लो दिन संक्रमण पुष्टि भएको थियो । रोगको प्रकृति अनुसार सबै प्रकारको उपचारका क्रममा उनको आज विहान ७ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ८३ संक्रमितको मृत्यु भएको छ ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech