राष्ट्रियसभामा प्रधानमन्त्री ओलीको सम्वोधनः कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने तयारीमा छौँ

    • स्वास्थ्य पेज

  • २६ पुष २०७७, आईतवार

काठमाडौं २६, पुष ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिटै कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार कोरोनाको भ्याक्सिन ल्याउने तयारीमा रहेको बताउनुभएको हो।

‘छिटै भ्याक्सिन ल्याउँछौं प्रधानमन्त्री ओलीले भन्नुभयो-‘अहिले कोभिड १९ छ। हामी सामाजिक दुरी कायम गरिरराखेका छौँ। जनतामा जागरण फैलाएर, तातो पानी खान सिकाएर कोभिडको सामना गरिराखेका छौँ। एकपटक कोभिड बढेपनि अहिले कम हुँदै गएको छ।

ओलीले आफू नेतृत्वको सरकारका लागि सबैभन्दा बढी महत्वपूर्ण जनताको जीवनरक्षा गर्ने काम गरेको दाबी गर्नुभयो । ‘एकैदिन हामीले ३०९ अस्पताल शिलान्यास गरेका छौँ। ३९६ वटा अस्पताल शिलान्यास गर्ने योजना थियो। तर प्राविधिक विषय नमिलेर हामीले ३०९ अस्पताल शिलान्यास गर्‍यौँ उहाँले भन्नुभयो-‘एक वर्षमा होइन, एकैदिनमा हो। अरु कुनै सरकारले यसरी जनताका काम गरेका थिए ।’

  • २६ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech