२ सय ३५ कोरोना संक्रमित आईसियू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २६ पुष २०७७, आईतवार

तस्बिर:फाइल

काठमाडौं २६, पुष ।
देशभर हाल २ सय ३५ जना कोरोना संक्रमित अस्पतालको आईसियू र भेन्टिलेटरमा छन्। १ सय ९१ जना आईसियू र ४४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३ आईसियू र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आईसियू र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ७९ आईसियू र २६ भेन्टिलेटरमा, गण्डकीमा ६३ आईसियू र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३६ आईसियू र ६ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ६ जना आईसियूमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा ४ आईसियूमा र २ जना भेन्टिलेटरमा छन्।

यस्तै, देशभर हाल १ हजार १ सय ७९ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ४ हजार ४ सय २२ सक्रिय संक्रमितमध्ये १ हजार १ सय ७९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार २ सय ४३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

  • २६ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech