कोरोना अपडेटः तीन घण्टाको फरकमा संक्रमित दुई महिलाको मृत्यु

दुई महिलाको मृत्यु भए सँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ८२ जना संक्रमितको मृत्यु भएको छ ।


    • स्वास्थ्य पेज

  • २६ पुष २०७७, आईतवार

तस्विरः फाइल

नेपालगन्ज २६, पुष ।
कोरोना भाइरस संक्रमणबाट बाँकेका दुई अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा एकजना र कोहलपुरस्थित मेडिकल कलेजमा एकजनागरी दुईजनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका सूचना अधिकारी तेज वलीले जानकारी दिनुभयो ।

मृतक दुवै जना महिला हुन् । उनीहरु दुवै जिल्ला बाहिरका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी लिवाङ-४ रोल्पाकी ४२ वर्षीया महिलाको आज विहान साढे तीन बजे मृत्यु भएको हो । उनी शनिवारमात्रै अस्पताल भर्ना भएकी थिइन् । उनको कोरोना पुष्टि पनि शनिवारमात्रै भएको थियो ।

यस्तै भेरी अस्पतालमा बबई-६ दाङकी ८० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । उनको १० गते नेपालगन्ज मेडिकल कलेजमा भाइरस संक्रमण पुष्टि भएको थियो । ९ गते उनको नमुना संकलन गरिएको थियो । कोरोना पुष्टि भएलगत्तै उनलाई १० गते राती भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनको आज विहान साढे ६ बजे उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी वलीले बतानुभयो ।

तीन घण्टाको फरकमा दुई महिलाको मृत्यु भए सँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ८२ जना संक्रमितको मृत्यु भएको छ ।

  • २६ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech