नेपालमा संक्रमितको मृत्यु संख्या १९१२ पुग्यो

    • स्वास्थ्य पेज

  • २५ पुष २०७७, शनिबार

तस्विरः फाइल

काठमाडौं २५, पुष ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ६ जना संक्रमितको मृत्यु भएको थियो।

नेपालमा एकै दिन ४ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७८ हजार ८ सय ४७ पुगेको छ। हाल २ सय ६२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech