कर्णाली प्रदेशमा कति पुग्यो कोरोना संक्रमित संख्या ?

    • स्वास्थ्य पेज

  • २५ पुष २०७७, शनिबार

सुर्खेत २५, पुष ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ७ हजार ४२६ पुगेको छ । गएको २४ घण्टामा कोभिड पुष्टि हुनेहरुमा सुर्खेतका ५ जना, दैलेखका २ जना र अन्य प्रदेशका २ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर ९ जना कोरोना संक्रम्ण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेहरुको कुल संख्या ७ हजार १०२ पुगेको छ ।

प्रदेशभर कोरोना भाइरस संक्रमणका कारण हालसम्म २८ जनाले ज्यान गुमाएका छन् ।

 

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech