भुटानमा पहिलो पटक एक कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ पुष २०७७, शनिबार

काठमाडौं २५, पुष ।
भुटानमा पहिलो पटक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमित ३४ वर्षीय एक पुरुषको शुक्रबार मृत्यु भएको भुटानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। ती व्यक्ति कलेजो तथा मिर्गौलाको समस्याबाट समेत पीडित भएको जनाइएको छ।

भुटानमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ७१ पुगेको छ भने ४ सय ६५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ३ सय ५ रहेको छ। हालसम्म ३ लाख २१ हजार ८ सय ४४ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech