भारतको एक अस्पतालमा आगलागी, १० नवजात शिशुको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ पुष २०७७, शनिबार

मुम्बई २५, पुष ।

भारतको महाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ।

अस्पतालको न्यूबर्न केयर युनिटमा आगो लाग्दा उक्त घटना भएको हो । अस्पतालमा आगलागी भएपछि धुवाँ भरिँदा श्वास फेर्न गाह्रो भई नवजात शिशुहरूको मृत्यु भएको बताइएको छ।

अस्पतालमा शनिवार बिहान २ बजे आगो लागेको हो । न्यूबर्न केयर युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो ।

भण्डारा जिल्लाका प्रहरी अधिकारीहरुले घटनाबारे जाँचबुझ सुरु भएको बताएका छन्।

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech